सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष कोरोनाका शंकास्पद बिरामीले भरियो, अस्पतालबाहिर र ग्यालरीमा राखेर उपचार गरिँदै
nayapatrikadaily.com · Thu May 06 22:22:00 GMT 2021
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गोदावरी नगरपालिका– ३ का एक कोरोना संक्रमितलाई आफन्तले बुधबार सेती प्रादेशिक अस्पताल पु¥याए । तर, अस्पतालका बेड भरिभराउ थिए । बेड नपाएपछि आफन्तले अन्यत्र लैजानभन्दा त्यहीँ कतै राखेर उपचार गराउन उचित ठाने । अस्पतालको ग्यालरीमा राखेर उनको उपचार सुरु भयो । तर, उनले एक दिनपछि नै बिहीबार प्राण त्यागे ।
‘समयमै अक्सिजन, भेन्टिलेटर पाएको भए सायद बुबालाई बचाउन सकिन्थ्यो होला,’ मृतकका छोरा श्याम ताम्राकारले नयाँ पत्रिकासँग भने, ‘केही समय अक्सिजनका लागि कुर्नुप¥यो । बेड नपाउँदा ग्यालरीमै राखियो ।’ बिरामीको अवस्था गम्भीर भएपछि अक्सिजनसहित थप उपचारमा सहज होस् भनेर बिहीबार उनलाई ग्यालरीबाट अस्पतालको बाहिर राखेर उपचार थालिएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बिरामीको चाप अत्यधिक बढेकाले सबैलाई शड्ढया उपलब्ध गराउन नसकिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)