मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाका १९ सिटमा चुनाव आज, ५१ उम्मेदवार

ekantipur.com · Thu Jan 25 00:32:44 GMT 2024

काठमाडौँ — आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)