डलरको मूल्यमा फेरि कीर्तिमान
himalpress.com · Sat May 16 00:36:21 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन्।
आज अमेरिकी डलरसँगै कुवेती र बहराइन दिनारसहित मुद्राको मूल्य पनि पनि बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड राख्दै आएको अमेरिकी डलरको विनिमयदर आज थप वृद्धि भएको हो। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)