मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने

lokaantar.com

प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त गर्न सकिने व्यवस्थाले भोजपुरका नागरिकलाई सहजता भएको छ । नापी विभागअन्तर्गतका नापी कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा उपलब्ध गराउन थालेका हुन् ।

यसले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गरेको छ । इन्टरनेटको पहुँच भएको जुनसुकै स्थानबाट आवश्यक विवरण भरेर सजिलै आफ्नो जग्गाको नक्सा हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको नापी कार्यालय भोजपुरका प्रमुख सागर गिरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)