होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी
barnanmedia.com · Sun Oct 11 20:15:00 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ।
इरानी नौसेनाले शनिबार आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उक्त जहाजले कच्चा तेल बोकेको र आफ्नो नेभिगेसन तथा जीपीएस प्रणाली बन्द गरेर यात्रा गरिरहेको जनाएको छ। समुद्री सुरुङमा ठोक्किएपछि जहाजमा ठूलो विस्फोट भएको र आगलागी भएको इरानी पक्षको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)