कांग्रेस महामन्त्री थापाले भने, ‘मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा छ’
news24nepal.tv · Fri Dec 31 16:27:57 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)