‘गौँथली’ ले कमायो १९ करोड ७१ लाख
ratopati.com · Mon Aug 10 06:58:45 GMT 2026

काठमाडौँ । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा १९ करोड ७१ बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १९ करोड, ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई यस अवधिमा अवधिमा ७ लाख १५ हजार १९८ जनाले हरेका छन् ।