हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थ सङ्कलन अभियान सुरु हुने
bishowkhabar.com · Mon Aug 10 06:58:56 GMT 2026

काठमाडौं– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटमा रहेको संस्कृत वेद विद्यालयको पुस्तकालयमा प्राचीन धार्मिक ग्रन्थ सङ्कलनलाई अभियानका रूपमा अघि बढाइने भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाका अनुसार विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि आवश्यक पुस्तक सङ्कलन गर्दै पुस्तकालय सञ्चालन गरिएको थियो। अब पुस्तकालयलाई थप व्यवस्थित बनाउँदै प्राचीन महत्वका धर्मग्रन्थ सङ्कलन गरेर अध्ययन–अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)