सुकी रिहाइको लागि आसियानले गरेको आह्वान म्यान्माद्वारा अस्वीकार
khabarhub.com · Mon Aug 10 07:05:35 GMT 2026

बैङ्कक– म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ सान सुकीको पूर्ण तथा बिना सर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) ले गरेको आह्वान अस्वीकार गरेको छ। साथै, म्यान्माका लागि आसियान विशेष दूतको भूमिकामाथि समेत सरकारले प्रश्न उठाएको छ।
म्यान्माका पूर्वसेना प्रमुख तथा वर्तमान राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सुकी नेतृत्वको निर्वाचित नागरिक सरकारबाट सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा राजनीतिक वैधता हासिल गर्न र आसियानसँग सम्बन्ध सुधार्न प्रयास गर्दै आएका छन्। तर, म्यान्मामा जारी हिंसा अन्त्य गर्ने आसियानको शान्ति पहल कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि म्यान्माका सैनिक नेतृत्वलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)