फेसबुके प्रेमजाल: कास्कीकी महिलाले गुमाइन् ३१ लाख रुपैयाँ
arthasarokar.com · Mon Aug 10 07:06:45 GMT 2026

काठमाडौँ । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ ।