सरकार फेरबदलको पर्खाइमा सुदूरपश्चिम, २५ दिनदेखि बजेटविहीन
ratopati.com · Mon Aug 10 07:19:58 GMT 2026

धनगढी । सुदूरपश्चिम सरकार २५ दिनदेखि बजेटविहीन अवस्थामा छ । चालु आर्थिक वर्ष २०८३/०८४ सुरु भएको २५ दिन बितिसक्दा पनि प्रदेश सरकारको वार्षिक बजेट पारित हुन सकेको छैन ।
असार मसान्तभित्रै प्रदेशको वार्षिक बजेट पारित गरिसक्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था भए पनि तत्कालीन सत्ता समीकरणमा देखिएको विवादका कारण बजेट पारित हुन सकेन । बजेटलाई लिएर सत्तासाझेदार नेकपा एमाले र मुख्यमन्त्री कमलबहादुर शाहबिच विवाद बढेकै समयमा राजनीतिक समीकरण नै फेरबदल भयो । अन्ततः एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)