मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्खास्तीमा परेका मन्त्री भन्छन्, 'म त सुतिरहेको थे, सरप्राइज नै भयो'

pahilopost.com · Mon Jun 07 00:49:54 GMT 2021

जनकपुरधाम : बर्खास्त भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले संक्षिप्त कुराकानी गर्दै भने, `म त सुतिरहेको थे। समाचार आएपछि धेरै जनाले फोन गरे। औपचारिक रूपमा कुनै जानकारी आएको छैन।´

उनले यस विषयमा अहिले नै बढी टिप्पणी न गर्नेसमेत बताए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार साँझ मन्त्री सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)