काभ्रेको नागिडाँडामा २० हजार बिरुवा रोपियो
ratopati.com · Mon Aug 10 07:28:38 GMT 2026

काठमाडौँ । प्लान्टिङ टुडे फर अ ग्रिनर टुमरो अर्थात् ‘हरित भविष्यका लागि आजै वृक्षरोपण’ भन्ने नारासहित रोटरी क्लब अफ काष्ठमण्डपले काभ्रेको बनेपास्थित नागिडाँडामा जैविक बाली तथा फलफूलका बिरुवा रोपण अभियान सुरु गरेको छ।
आरुन्य नेचर रिसोर्टको सहयोगमा क्लबले आजबाट सुरु गरेको सो अभियान अन्तर्गत आगामी ३ महिना भित्र २० हजार बिरुवा रोपिने जनाएको छ । अभियानको शुभारम्भ गर्न आइतबार रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, डिस्ट्रिक्ट सेक्रेटरी गौतम श्रेष्ठ, रोटरी इन्टरनेशनल ३२९२ को ब्रान्ड एम्बेस्डर समेत रहेकी मिस नेपाल २०२६ दीपमाला ढकाल, मिस अर्थ २०२५ सोनी घले पनि नागिडाँडा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)