कैलालीका शिवालयमा भक्तजनको घुइँचो
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:28:38 GMT 2026

साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ।
भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो। साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ। बिहानदेखि भक्तजनको आवगमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)