शिक्षक सेवा आयोग पदाधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण भदौ २ देखि ८ सम्म
ratopati.com · Mon Aug 10 07:33:47 GMT 2026

काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको अवधारणा पत्रसहितको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ।
आयोगले प्रकाशन गरेको सूचना अनुसार महिला सदस्य, अन्य सदस्य र अध्यक्ष पदका लागि परेका आवेदकहरूमध्ये संक्षिप्त सूचीमा छनोट भएका उम्मेदवारहरूको प्रस्तुतीकरण भदौ २ गतेदेखि भदौ ४ गतेसम्म र अन्तर्वार्ता कार्यक्रम भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सञ्चालन हुने गरी तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)