साउदी, पाकिस्तान र टर्कीबीचको सुरक्षा सम्झौतालाई इरानले कसरी लिएको छ ?
barnanmedia.com · Mon Aug 10 07:26:34 GMT 2026

काठमाडौं । साउदी अरेबिया र पाकिस्तानले दुई देशबीचको रक्षा सम्झौतालाई विस्तार गर्दै टर्कीलाई पनि सामेल गरेका छन् । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तिम सम्झौता हुन बाँकी रहेका बेला भएको यो कदमले खाडीको क्षेत्रीय सुरक्षा संरचनाको उदयलाई लिएर प्रश्न उठाएको छ ।
शुक्रबार साउदीको मक्कामा हस्ताक्षर गरिएको सम्झौताले यी तीन देशमध्ये कुनै एकमाथि बाह्य सशस्त्र आक्रमण भए त्यसलाई तीनवटै देशमाथिको आक्रमण मानिने बताएको छ । अमेरिका र इजरायलले इरानविरुद्ध बमबारी अभियान सुरु गरेको पाँच महिनाभन्दा बढी समयपछि यो त्रिपक्षीय सम्झौताको घोषणा गरिएको हो । उक्त द्वन्द्व छोटो समयमै खाडी क्षेत्रमा फैलिएको थियो । होर्मुज जलमार्ग हुँदै हुने समुद्री आवतजावतसमेत प्रभावित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)