साफमा पहिलो खेलमा पराजित
ekantipur.com · Fri Feb 03 16:47:30 GMT 2023
काठमाडौँ — नेपाली यू–२० महिला टिमले शनिबार साफ यू–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा शुक्रबार पहिलो दिन नेपाली टिम प्रीति राईको कप्तानीमा उत्रेको थियो । दुई गोलले पछि परेको स्थितिमा नेपालका लागि एकमात्र गोल मनमाया दमाईले २४ औं मिनेटमा गरेकी थिइन् ।
बंगलादेशबाट अक्लिमा खातुन, सम्सानुहर र साहिदा अख्तरले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)