चोटका कारण सिन्नर सिनसिनाटी ओपनबाट बाहिरिए
ratopati.com · Mon Aug 10 07:44:08 GMT 2026
काठमाडौँ । विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिन्नरले दाहिने घुँडाको चोटका कारण सिनसिनाटी ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन् । इटालियन खेलाडी सिन्नर स्वयंले आइतबार एटीपीको आधिकारिक वेबसाइटमा विज्ञप्ति जारी गर्दै प्रतियोगिताबाट पछि हटेको घोषणा गरेका हुन् ।
‘चिकित्सक र टोलीसँगको परामर्शपछि सिनसिनाटी मास्टर्स १००० प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भएको छु,’ विज्ञप्तिमा सिन्नरले भनेका छन्, ‘दाहिने घुँडाको समस्याले मलाई सताइरहेको छ । मेडिकल टोलीसँग लगातार काम गरिरहेको भए पनि अहिले नै प्रतिस्पर्धाका लागि तयार छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)