समस्याग्रस्त सहकारी छानबिन समिति, जेठ ४ देखि रकम फिर्ता
gorkhapatraonline.com · Sat May 16 00:39:58 GMT 2026

समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ ४ गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ ।
समितिले पहिलो चरणमा १० हजार रुपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका सदस्यसचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिवशिखर सहकारी र कान्तिपुर सहकारीलगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिने छ । पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा रकमको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)