मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस भेटिए, एक जनाको मृत्यु

annapurnapost.com · Mon Mar 07 23:57:00 GMT 2022

काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका छन्। तीमध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए।

चार जनाको गम्भीर अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा विषका बोतल भेटिएकाले सामुहिक आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)