एमालेले भन्यो– बजारमा ग्यास छैन, सरकार कहाँ छ ?
ratopati.com · Mon Aug 10 08:04:40 GMT 2026

काठमाडौँ । विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा दिने सम्बोधन सरकारी सञ्चार माध्यमभन्दा बढी निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सचेतक निता घतानीले प्रविधिको प्रयोग राम्रो भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउने खेलमा प्रधानमन्त्री लाग्नु दुःखद भएको बताइन् ।
सांसद घतानीले प्रधानमन्त्रीले संसद्को रोस्टमबाटै नेपालले पनि भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसको प्रतिवाद गरिन् । ‘कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा प्रधानमन्त्रीले यस्तो संवेदनशील विषयमा बोल्नुभयो ? ’उनले भनिन्, ‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ । आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)