अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?
swasthyakhabar.com · Sat Sep 11 01:53:00 GMT 2021
आधुुनिक विज्ञान र चिकित्सा प्रणालीले पोषणलाई मानव स्वास्थ्यको अभिन्न अंगका रुपमा स्थापित गरेसँगै अस्पतालहरुमा डाइटिसियन तथा पोषणविद्को सेवासहितको स्वास्थ्य संस्था सञ्चालन प्रणाली निकै नै प्रभावकारी बन्दै गइरहेको छ। विशेष गरेर हाल कोभिडका कारण दीर्घ रोगी, कुुपोषित, न्यूून रोग प्रतिरोधात्मक क्षमता भएका बिरामीको मृत्यूदर उच्च हुुनुुले चिकित्सा प्रणालीमा डाइटिसियनको प्रभावकारी उपस्थिति र भूमिकाको आवश्यकतालाई स्पष्ट पार्दछ। अस्पतालमा डाइटिसियनको व्यवस्थाले बिरामीे निको हुुने दरमा वृद्धि, अस्पताल बसाइँ र उपचार अवधि छोट्याउनदेखि समग्र स्वास्थ्य संस्थाको नतिजामा गुुणात्मक सुुधार र गुुणस्तरमा उत्कृष्टता ल्याउँछ। त्यसैले पनि पछिल्लो समय सरकारी तथा निजि अस्पतालहरुमा डाइटिसियनको माग बढ्दो छ।
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)