मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

onlinekhabar.com · Thu Apr 20 00:18:21 GMT 2023

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ । यस सिजन चौथो जितपछि लखनउले राजस्थानसँग अंक बराबरी समेत गरेको छ । दुवैको ६ खेलबाट समान ८ अंक छ । तर नेट रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमै छ ।

पहिलो र दोस्रो स्थानको टोलीबीच भएको खेलमा दोस्रो स्थानको लखनउले १४४ रनको स्कोर डिफेण्ड गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो । लखनउले दिएको १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)