रास्वपा गण्डकी प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसमा के–के गर्दैछ ?
ratopati.com · Mon Aug 10 08:24:52 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गण्डकी प्रदेशमा आयोजना हुने कार्यक्रमहरू तय गरेको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस २०८३’ को आयोजक समितिको संयोजक कवीन्द्र बुर्लाकोटीले बुधबार सातै प्रदेशमा युवा दिवस मनाउने पार्टी निर्णय अनुसार गण्डकी प्रदेशको कार्यक्रम तय भएको छ ।
बुर्लाकोटीका अनुसार गण्डकी प्रदेश समितिले युवा संवाद कार्यक्रम राखेको छ । यसैगरी कास्की जिल्ला समितिले बृहत् सरसफाइ, नीति मन्थन, जेनजी आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट कार्यक्रम छ । यस्तै अन्य पालिका र जिल्ला समितिले युवा प्रोत्साहन कार्यक्रम, रक्तदान, वृक्षारोपण, लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)