कर्मचारी हटाएको विरोधमा सिद्धलेक-७ वडा कार्यालयमा तालाबन्दी
annapurnapost.com · Mon Aug 10 08:16:58 GMT 2026

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका-७ मा कार्यरत कर्मचारी शान्ति मगरातीलाई सेवाबाट हटाइएको विरोधमा स्थानीय बासिन्दाले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। सोमबार वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरिएपछि वडाबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा सिफारिसलगायतका सेवा प्रभावित भएका छन्।
स्थानीयले मगरातीलाई स्पष्ट कारणबिना तथा व्यक्तिगत पूर्वाग्रहका आधारमा सेवाबाट हटाइएको आरोप लगाउँदै उनको पुनर्बहालीको माग गरेका छन्। माग पूरा नभएसम्म वडा कार्यालयको ताला नखोल्ने उनीहरूले चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)