जनकपुरधाम उपमहानगरपालिकाले लक्ष्यभन्दा ३ करोड बढी राजस्व उठायो
bishowkhabar.com · Mon Aug 10 08:22:42 GMT 2026

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा ३ करोडभन्दा बढी राजस्व असुली गरेको छ । बक्यौता असुलीमा कडाइ गरेपछि राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १७ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर २० करोड ३७ लाख १ हजार ५५९ रुपैयाँ राजस्व असुली भएको राजस्व शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)