मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुलसीपुर उपमहानगरले लगायो ढेब्ली र ठेलामा डोजर 

nayapatrikadaily.com · Wed Aug 04 00:42:00 GMT 2021

तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा सडकपेटी मिचेर राखिएका ढेब्ली ठेला तथा गाडा हटाइएको छ । करिब दुई हप्ता अघि रातारात बसपार्क क्षेत्रमा एकै आकारमा बनाइएका पाँच वटा नयाँ ढ्याब्ली राखिएको थियो । ति ढेब्ली राखेपछि आफूहरुले हटाउन सूचना जारी गरेको तर, त्यो सूचना नै अटेरी गरेपछि आफूहरुले आँफै डोजर लगाएर हटाउनु परेको वडाध्यक्ष शाहले बताए । ‘त्यहाँ ढेब्ली राख्ने कुनै गरीब परिवारका होइनन्, करोडपति हुन्’, उनले भने‘ उनीहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेका छन् ।”

उपमहानगरपालिकाले जारी गरेको तीन दिने सूचनालाई अटेरी गरेपछि प्रहरीको सहयोगमा ति ढेब्ली, ठेला,गाढा हटाइएको हो । स्थानीय सरकारको नीति र नियमलाई अटेरी गरेर जबर्जस्ती सडकपेटी मेचेर व्यवसाय गर्न थालेपछि आफूहरु हटाउन बाध्य भएको उपमहानगरपालिकाका कार्यवहाक प्रमुख सूर्यबहादुर डाँगीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)