दाइ एजेण्ट रहेको कम्पनीलाई २ अर्ब ३९ करोडको ठेक्का दिन कुलमानलेकाे बदमासी, अख्तियारमा उजुरी
barnanmedia.com · Mon Jul 15 21:39:03 UTC 2024

पहिलो कार्यकालमा लोडसेडिङमुक्त बनाएपछि वाहिवाही कमाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ त्यसपछि एकएपछि अर्काे काण्डमा लागे। उनको कार्यकाल सकिएपछि घर फर्किएका थिए। तर, नेकपा पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा उनी फेरि प्राधिकरणको प्रबन्धक निर्देशक छन्।
उनी अहिले कमाइधन्दामा छन्। आफूले चाहेको कम्पनीलाई ठेक्का दिन घिसिङले ग्लोबल टेण्डर प्रक्रियामा बदमासी गरेका छन्। घिसिङले आफूले चाहेको कम्पनीलाई ठेक्का दिन बोलपत्रदाताले पेश गरेको प्रस्ताव नै संशोधन गराएका थिए। प्राधिकरणले आह्वान गरेको बोलपत्रको सूचनाअनुसार भारतका ३ कम्पनी रुद्रानी इन्फ्रास्ट्रचर, ज्याक्सन लिमिटेड र मोहन इनर्जी कर्पोरेसनले प्रस्ताव पेश गरेका छन्। नेपालको वाइबा इन्फ्राटेक प्रालि र जोइन्ट भेन्चरका रुपमा चीनको जेजिआङ ओरिएन्ट इन्जिनियरिङ कम्पनी–होङ इलेक्ट्रिकल कम्पनीले प्रस्ताव पेश गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)