मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

barnanmedia.com · Sun Oct 11 22:23:28 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारमातहतका निकाय तथा कार्यालयमा देखिएको बेरुजु घटाउन तथा थप बेरुजु बढ्न नदिन निर्देशन दिनुभएको हो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, जवाफदेहिता र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न प्रमुख सचिव, विषयगत मन्त्रालयका सचिवलगायत सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)