युक्रेनी शरणार्थीलाई सहयोग गर्न जमर्नहरुको भिड
baahrakhari.com · Tue Mar 08 00:54:00 GMT 2022
वर्लिन । सयौंको संख्यामा जर्मनहरु स्वतःस्फुर्तरुपमा युक्रेनी शरणार्थीहरुको सहयोगका लागि एकत्रित भएका छन् । रुसी फौजबाट भइरहेको निरन्तर हमलाबाट जोगिँदै मुलुक छाडेका युक्रेनीहरुलाई वर्लिनको केन्द्रीय रेलवे स्टेसनको आगमन कक्षमा बस्ने आवासको सहयोग दिने प्रस्ताव राख्न थुप्रै संख्यामा जमर्नहरु प्रतिक्षारत छन् ।
त्यहाँ उपस्थित जमर्नहरुले बोकेका प्लेकार्ड तथा पोस्टरहरुमा विस्थापित युक्रेनीहरुलाइ कसरी सहयोग गर्न सकिन्छन् र तिनीहरुले कुन भाषा सजिलै बोल्न सक्छन् भन्नेलगायत प्रश्नहरु लेखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)