प्रधानमन्त्री र मन्त्रीले संसद्मा टिसर्ट लगाएर नआउने गरी ड्रेस कोडको रुलिङ गर्न माग
ratopati.com · Mon Aug 10 09:09:09 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा कायम राख्नका लागि पोसाक संहिता (ड्रेस कोड) लागू गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठक शून्य समयमा सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी भइरहेको भन्दै आपत्ति जनाए ।
सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्मा टिसर्ट लगाएर प्रवेश गर्न रोक लगाउन सभामुखसँग रुलिङको माग गरे । ‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्,’ सांसद पोखरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)