बालुवा संकलन रोकिएपछि गजुरीका मजदुर समस्यामा
annapurnapost.com · Mon Aug 10 09:04:53 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिकामा थुन्चेमा बालुवा बोकेर दैनिक गुजारा चलाउँदै आएका मजदुरको बालुवा संकलन रोकिएपछि उनीहरू समस्यामा परेका छन्। रोजीरोटीको विकल्प नदिई बालुवा संकलनमा रोक लगाइएको भन्दै मजदुरहरूले गुनासो गरेका छन्।
सांसद आशिका तामाङको पहलपछि बालुवा संकलन रोकिएको मजदुरहरूको आरोप छ। रोजीरोटीको विकल्प दिनुपर्ने वा आफूहरूले गर्दै आएको परम्परागत बालुवा संकलनलाई निश्चित मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ। मजदुरको पक्षमा स्थानीय तहका जनप्रतिनिधिसमेत उभिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)