ट्राफिक नियम उल्लंघनमा कडाइ गर्दै पैदलयात्रीदेखि सवारी चालकसम्मलाई चर्को जरिवाना
bishowkhabar.com · Tue Jun 30 05:38:48 GMT 2026

काठमाडौं —सरकारले ट्राफिक नियम उल्लंघनमा कडाइ गर्दै पैदलयात्रीदेखि सवारी चालकसम्मलाई चर्को जरिवानाको व्यवस्था गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरेको छ। तर सरोकारवालाले सडक पूर्वाधार सुधार नगरी कठोर नियम लागू गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने उद्देश्यसहित नयाँ विधेयकको मस्यौदा तयार गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। प्रस्तावित मस्यौदाअनुसार पैदलयात्रीले निर्धारित स्थानबाहेक अन्यत्रबाट सडक पार गरे ५०० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। सवारीमा अपारदर्शी कालो सिसा वा भित्र नदेखिने गरी अन्य सामग्री प्रयोग गरे एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)