इमानदारीपूर्वक कर तिर्नेलाई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छौं - अर्थमन्त्री वाग्ले
arthasansar.com · Mon Aug 10 09:13:38 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आज २० ठूला करदातासँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। नेपालको अर्थतन्त्र निर्माणमा करदाताहरुले पुर्याएको योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले सम्मान व्यक्त गरे। उनले भने,‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रुपमा होइन, राष्ट्र निर्माणको साझेदारका रुपमा सम्मान गर्छ । हामी यसका लागि काम गर्दैछौँ। तपाइँहरु केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारदाता, सबैभन्दा ठूलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ । आजको बैठक औपचारिक भेटघाटका लागि होइन। यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता हो।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)