श्रमिकको मृत्युको अनुसन्धान सुरु
ratopati.com · Sun Oct 11 22:42:47 GMT 2026

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ ।
बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श्रमिकको मृत्युका सम्बन्धमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सो कम्पनीमा कार्यरत रौतहट चन्द्रपुरका ६० वर्षीय सुरता माझीको आइतबार दिउँसो काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)