संसदमा औपचारिक पोशाक अनिवार्य गर्न माग
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोसाक अनिवार्य गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा संसदको लोगो प्रयोगमा रोक लगाउनुपर्ने बताए। बैठकमा सांस्कृतिक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न सभामुखको ध्यानाकर्षण गराउँदै उनले प्रधानमन्त्री तथा मन्त्रीहरू टिसर्ट लगाएर आएमा संसद प्रवेशमा समेत रोक लगाउनुपर्ने माग गरे। संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखसमक्ष रुलिङको आग्रह गर्दै उनले न्युजिल्यान्ड र क्यानडाको संसद्मा पोसाकसम्वन्धी लागू भएका नियम तथा दृष्टान्तसमेत प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)