संसदीय सुधार समिति गठन गर्न रास्वपा सांसदले गराए सभामुखको ध्यानाकर्षण
annapurnapost.com · Mon Aug 10 09:24:23 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सांसद विपिनकुमार आचार्यले संसदीय समिति गठन गर्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका हुन्।
आफूले पटक-पटक संसदको अभ्यास कर्मकाण्डी भएको विषय उठाउँदै आएको बताए। उनले अहिलेको संसदीय अभ्यासबाट सांसदहरू सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)