शाहरुख खानले फिफा विश्वकप फाइनलमा ‘पठान’ लाई प्रमोट गर्ने
nepalipatra.com · Wed Dec 14 02:16:15 GMT 2022
एजेन्सी । बलिउडका किंग खान आफ्नो आगामी फिल्म ‘पठान’ लाई हिट बनाउन सक्दो प्रयास गरिरहेका छन् ।
केही दिनअघि शाहरुख खानको एउटा भिडियो भाइरल भएको थियो, जसमा अभिनेता वैष्णोदेवीको दरबारको दर्शन गर्न गएका थिए ।
यसअघि उनी उम्राह गर्दै देखिएका थिए ।
यसै क्रममा ‘शाहरुख खान युनिभर्स फ्यान क्लब’ ले एउटा खबर सार्वजनिक गरेको छ । शाहरुख खान ‘फिफा वर्ल्ड कप फाइनल’ मा फिल्म ‘पठान’ को प्रमोशनमा देखिनेछन् ।
शाहरुख खानको फ्यानपेज ‘शाहरुख खान युनिभर्स फ्यान क्लब’ मा शाहरुख खान कतारमा हुने फाइनलको हिस्सा बन्ने वा प्रि–फाइनल टेलिकास्ट टिममा सामेल हुने दाबी गरिएको छ ।
रिपोर्टका अनुसार दीपिका पादुकोणले फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गर्ने छिन् । फिफा विश्वकपको फाइनल १८ डिसेम्बर २०२२ मा हुनेछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)