मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुटवल बसपार्कमा सहायता कक्ष

barnanmedia.com · Sun Oct 11 23:02:36 GMT 2026

दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालयले विभिन्न यातायात व्यवसायी संस्थासँगको सहकार्यमा सहायता कक्ष सञ्चालन गरेका हुन् । यसमा पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायातको सहकार्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)