उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले
khabarhub.com · Mon Aug 10 09:49:55 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरुको साथमा रहेको स्पष्ट पारे ।
“उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमानयोग्य छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन र उद्योग विस्तार हुँदैन । त्यो विश्वास निर्माण भयो भने मात्रै आर्थिक रूपान्तरण सम्भव हुन्छ ।” आजको बैठक औपचारिक भेटघाट मात्रै नभइ यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)