रास्वपा सांसदको प्रश्न– योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुनसक्छ ?
baahrakhari.com · Mon Aug 10 09:47:00 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा उनले ग्यासका निम्ति नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिन् ।
“आज घरघरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौधौ परेको छ । सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,” उनले भनिन्, “आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)