मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरी–१ मा हर्कलाई बोली ‘पासो’, मतदाताको नयाँमा चासो

rajdhanidaily.com · Sun Mar 01 23:23:13 GMT 2026

इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)सहित २६ जना प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट धरानको नगर प्रमुख भएका उनी आङ्खनो कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । दलहरूलाई आलोचना गर्दागर्दै हर्कलाई पछिल्ला दिन ‘आफ्नै बोली गलपासा’जस्तै हुँदा जनमत केही घट्न सक्ने मतदाताहरू बताउँछन् ।

पुराना दलमध्ये नेकपा एमालेको सबैभन्दा बलियो संगठन रहेको यो क्षेत्रमा यसपटक एमाले आफैँ रक्षात्मकजस्तै रहेको छ । सुनसरीको चार वटा निर्वाचन क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर १ एमालेको सबैभन्दा बलियो संगठन भएको क्षेत्र हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टीको समर्थनमा तत्कालीन एमालेबाट उम्मेदवार रहेका अशोक राईले निर्वाचन जितेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)