यलुङ-रीको बेसक्याम्पमा फेला परेका ५ शव दुई नेपाली र तीन विदेशी आरोहीको
onlinekhabar.com · Mon Aug 10 09:57:49 GMT 2026

२४ साउन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालको आधार शिविरमा फेला परेका पाँच वटा शवमध्ये दुई नेपाली र तीन विदेशी आरोहीको रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले आइतबार संकलन भएका पाँच शवमध्ये नेपाली पथप्रर्दशक दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका-५ का मेर कार्कीको रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)