‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छिन्।
सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने हुनाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको जानकारी दिइन्। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)