निर्वाचन तयारी पूरा, आचारसंहिता उल्लंघन गरेर जिते पनि निलम्बन
rajdhanidaily.com · Sun Mar 01 23:29:06 GMT 2026

काठमाडौं । कार्यवाहक निर्वाचन प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । आशंका नै आशंकाको बिचमा सबैको सहयोगमा निर्वाचन सुनिश्चित भएको बताउँदै आइतबार मध्यरातबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने तथा सबै तयारी अन्तिम अवस्थामा भएको बताएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गरेर चुनाव जितेमा विजयी पद निलम्बनसहित ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाइने निर्णय गर्नसक्ने समेत बताए । निर्वाचनमा नगद चलखेल हुनसक्ने भएकाले त्यस्तो भएमा उम्मेदवारी रद्द, विजयी भइसकेको घोषणा भएपनि खारेज हुनेलगायतका कारबाही हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)