‘मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’: ज्ञानेन्द्र शाही
kalakarmi.com · Mon Aug 10 10:00:59 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण र आपत्तिजनक प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले आफूले संसद्मै आफ्नो ‘अग्निपरीक्षा’ दिन तयार रहेको बताएका हुन् । शाहीले आफूले मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका अश्लील भिडियोसँग आफ्नो नाम जोडेर गलत प्रचार गरिएको दावी गरे । उनले आफूविरुद्ध लगाइएका आरोप सत्य भए प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)