जन्मिएदेखि मदिरा खाएको प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु : ज्ञानेन्द्र शाही
annapurnapost.com · Mon Aug 10 09:57:40 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सामाजिक सञ्जालमा आफूविरुद्ध विभिन्न किसिमका आरोप र भ्रमपूर्ण सामग्री सार्वजनिक गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूलाई लागेको आरोपको खण्डन गर्दै संसद्मै 'अग्निपरीक्षा' दिन तयार रहेको बताए।
उनले आफूले मदिरा सेवन नगरेको दाबी गर्दै चिकित्सकसहितको टोलीबाट आफ्नो शरीर परीक्षण गर्न चुनौती समेत दिए। 'आज यो संसद्मा आफैंलाई अग्निपरीक्षा दिन उभिएको छु। यो मेरो मात्रै समस्या होइन,नेपालका धेरै मानिसको समस्या हो,'उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)