मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीतिक पहल गरिने

kendrabindu.com · Sat Dec 04 00:52:58 GMT 2021

विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा शुक्रबार भएको बैठकमा प्रभावित विद्यार्थीहरुको निवेदन, सो सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेतका आधारमा निकासका लागि कूटनीतिक पहल गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)