जग्गा खरिद गर्न काठमाडौँ आएका धनबहादुर ‘प्रहरी हौ’ भन्दै आएकाहरूबाट लुटिए
ratopati.com · Tue Jun 30 05:45:20 GMT 2026

काठमाडौँ । काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका एक व्यक्तिलाई ‘प्रहरी हौ’ भन्दै डर त्रास देखाई हतकडी लगाएर साढे दश लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चार जनालाई पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका ८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने सिलसिलामा काठमाडौँ आएर आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको कोठामा बसेका थिए। गत असार ९ गते बेलुका अन्दाजी ७ बजेको समयमा ५/६ जनाको समूहमा आएका मानिसहरूले धन बहादुरलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ, मोबाइल र सिद्धार्थ बैंकको खाली चेकहरू लुटेर फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)