एनआईडी अपडेटमा सास्ती: राष्ट्र बैंक भन्छ- ‘नम्बर भए पुग्छ’, बैंकहरू माग्छन्- ‘जारी मिति’
techpana.com · Mon Aug 10 10:08:28 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक (अपडेट) गर्न निर्देशन दिएसँगै सर्वसाधारणले व्यावहारिक कठिनाइ भोग्नुपरेको छ । राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नम्बर मात्र भए पुग्ने बताए पनि बैंकले प्रणालीमा ‘जारी मिति’ (इस्यु डेट) समेत अनिवार्य रूपमा माग गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।
केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी असोज मसान्तभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक नगरे खाता निष्क्रिय हुन सक्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)